Logo

छापामारदेखि उपमेयर सम्म !



काठमाडौं ५ जेठ । माओवादी सशस्त्र विद्रोहमा सहभागी गोर्खा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँउदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् ।

जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् ।स्कुल पढ्दापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेलले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।

खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot