Logo

पार्टी विभाजनपछि अशोक राईको प्रतिक्रिया : उपेन्द्र यादवको कार्यशैलीको कारण पार्टी विभाजन भयो



काठमाडौं, २३ बैशाख । अशोक राईले पार्टी विभाजन गर्नुको कारण खुलाएका छन् । उनले उपेन्द्र यादवको कार्यशैलीको कारण आफूहरुले पार्टी विभाजन गरेको प्रतिक्रिया दिए । आजमात्रै ७ जना सांसदहरुसहित अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ ।

यादवको कार्यशैलीको कारण आफूहरुले विभाजन गरेको र विभाजनको कारण सरकारको स्थायित्वमा कुनै असर नपर्ने राईको प्रतिक्रिया छ । मुख्य त कार्यशैलीको भिन्नता पनि हो । जसपा नेपालमा उपेन्द्रजीको कार्यशैलीसँग असहमति र भिन्नताले पनि यो परिस्थिति आएको हो ।

उनले भने,”हामी अस्थिरताको कारक बन्दैनौं । म्यासेज सकारात्मक नै जान्छ ।” उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफूहरुको समर्थन यथावत रहेको पनि जिकिर गरे ।

यो पनि पढ्नुहोस्ः महाधिवशेनको मुखैमा अध्यक्ष उपेन्द्र यादवलाई पार्टी फुट्ने पीर !

माधव नेपाल र उपेन्द्र यादवबाट धोका हुने अवस्था आए हदैसम्मको कठोर बन्नेबारे प्रचण्ड र ओली सहमत

माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot