Logo

टोटनह्याम हट्सपरद्वारा लेस्टर सिटी ६–१ ले पराजित



काठमाडौं, ५ जेठ। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित हात पारेको छ । टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन लेस्टर सिटीलाई उसैको मैदानमा ६–१ ले पराजित गरेको हो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ४ गोल गर्दा हिउङ मिन सनले दुई गोल थपे । पराजित टोली लेस्टर सिटीका बेन चिलवेलले एक गोल फर्काए ।

गएरातिको खेलसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा ३७ औं चरणमा खेल सकिएका छन् । लिगमा अब एक चरणको खेलमात्रै बाँकी छ ।

अन्तिम चरणका खेलहरु यही आइतबार हुनेछन् । उक्त खेलपछि शीर्ष चारभित्र पर्ने टोलीको टुंगो लाग्नेछ । शीर्ष दुई स्थानमा चेल्सी र टोटनह्याम सुरक्षित भईसकेका छन् ।

अब म्यान्चेस्टर सिटी, लिभरपुल र आर्सनल मध्ये दुईवटा टोली च्याम्पियन्स लिगको लागि छनोट हुनेछन् । अन्तिम खेलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डसँग, लिभरपुलले मिडिल्सब्रोसँग तथा आर्सनलले एभर्टनसँग खेल्नेछन् । यसपटकको लिगबाट सण्डरल्याण्ड, मिडिल्सब्रो र हल सिटी दोस्रो श्रेणीमा झरेका छन् ।एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्