Logo

१६१ स्थानीय तहको मतगणना पूरा



काठमाडौँ, ५ वैशाख । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँच हजार ९६० जना प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार, आज बिहान १० बजेसम्ममा एक सय ६१ स्थानीय तहको मतगणना पूरा भएको छ ।

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा १३ हजार ५५६ पदका लागि निर्वाचन भएको थियो । पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष एक सय ६१, उपप्रमुख वा उपाध्यक्ष एक सय ६१, वडाध्यक्ष एक हजार ३२२, वडा सदस्य दुई हजार १९२, महिला सदस्य एक हजार ९५ र दलित महिला सदस्य एक हजार ३० निर्वाचित आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैगरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदानकार्य शान्तिपूर्णरुपमा भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । त्यहाँ उम्मेदवारको निधनका कारण वैशाख ३१ को निर्वाचन स्थगित भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्