Logo

काठमाडौंको नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी



काठमाडौं, जेठ ५ । नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा एमालेका सुशीला अधिकारीले ६ हजार ८७१ मत प्राप्त गरी विजय भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कल्याणी खड्काले ६ हजार ७९१ मत प्राप्त गरेकी छन् ।

वडा नम्बर–१० को वडाअध्यक्षमा कांग्रेसका सुन्दरबहादुर केसी विजय भएका छन् ।नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो ।

यसैगरी, गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएका छन् ।शुक्रबार दिउँसो सम्पन्न मतगणनाअनुसार कांग्रेसका चालिसेले ९ हजार ९ मत ल्याइ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा पनि कंँग्रेसकै उम्मेदवार शान्ति नेपाल निर्वाचित भएकी छन् ।

नेपालले ८ हजार ५९८ मत प्राप्त गरी विजयी भएकी हुन् भने नेकपा एमालेकी उम्मेदवार शान्ति श्रेष्ठले ८ हजार ६२ मत प्राप्त गरेको सुवेदीले बताइन् ।

गोकर्णेश्वरमा कुल २१ हजार ८५९ मत खसेको थियो । रासस

 



प्रतिक्रिया दिनुहोस्