Logo

७ दलको बैठक सम्पन्न, प्रचण्डको प्रस्ताव एमालेद्धारा ठाडै अस्विकार



काठमाडौं,  ५ जेठ । प्रमूख सात राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारद्घारा संसदमा पेश गरेको संविधान संशोधन विद्येयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा कुराकानी भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवका विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै दोस्रो चरणको निर्वाचन, तराई–मधेशमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विद्येयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो एजेण्डा र जिम्मेवारी भएको कुरामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए ।

बैठकमा प्रमूख प्रतिपक्ष दल नेकपा एमाले र मधेश केन्द्रित दलका नेताहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वव सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु बिक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोक कुमार राई लगायत शीर्ष नेताहरु सहभागीथिए ।

बैठकमा प्रचण्डले दोस्रो चरणको चुनावको वातावरण बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने भन्दै नेताहरुको राय मागेका थिए ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संख्या थप्न र संविधान संशोधन गर्न प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवको विषय भएको बताउँदै अब दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्