Logo

एमालेले विश्वासले मत जितेको हो : अध्यक्ष ओली



काभ्रे, ६ जेठ । नेकपा (एमाले)ले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताए ।

बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । “पहिले नै हामीले किन एमालेलाई जिताएनौँ भन्ने काम हामी गरेर देखाउँछौँ ।” ओलीले भने, एमाले घातको राजनीति गर्दैन, बेइमानीको राजनीति गर्दैन भन्दै अध्यक्ष ओलीले पाँच वर्षभित्रमा एमालेले बनेपालाई ऐतिहासिक नगरका रुपमा विकसित गर्ने बताए ।

ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणाम विश्लेषण गर्दै एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखिएको बताए । इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेको खुसी साट्दै ओलीले भने, ‘कांग्रेस सैद्दान्तिक र व्यवहारिक रुपमै च्युत भैसकेको छ,  हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौँ ‘ उनले भने, ‘जनतासंग निरन्तर सम्पर्कमा रहेर काम गर्नु आवस्यक देखिएको छ ।’

सत्तारुढ दलहरुले शक्ति र सरकारको चरम दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्ने खोजेको परिस्थितिका बीच एमालेको पक्षमा देखिएको परिणामले देशको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको अध्यक्ष ओलीको उद्घोष थियो । ‘अरुले डर, धाक, धम्की प्रयोग गरे, हामी शान्ति र संयमता पूर्वक निर्वाचनमा सहभागी भयौं । त्यसैले जनताको समर्थन हामीलाई प्राप्त भयो,’ ओलीले भने,  ‘नेकपा एमाले सिद्धान्त र व्यवहारले नेपालको एक मात्र सच्चा लोकतान्त्रिक पार्टी हो । त्यसैले जनताले स्वस्फूर्त रुपमा एमालेलाई जिताए।’

 



प्रतिक्रिया दिनुहोस्