Logo

“एमाले यति शक्तिशाली भएर आइदियो कि सत्ताधारीलाई मुख देखाउनै लाजमर्दो हुने अवस्था आयो” : नेपाल



सत्ता दुरुपयोगको खेल पूर्णरुपमा असफल
दाङ, ६ जेठ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्णरुपमा असफल भएको बताउनुभएको छ ।

नेता नेपालले सत्ताको दुरुपयोग गरेर स्थानीय तहमा एमालेलाई असफल गराउने सत्तारुढ दलको प्रयास एमालेको सच्चा राष्ट्रबादका अगाडि टिक्न नसकेको दाबी गर्नुभयो ।

दाङमा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पहिलो चरणको निर्वाचनले सत्तारुढ दलको योजना भताभुङ्ग पारिदिएको बताउनुभयो । “पहिलो तहको निर्वाचनमा एमालेलाई कमजोर बनाएर दोस्रो चरणको निर्वाचनमा त्यसको प्रभाव पारेर एमालेलाई सिध्याउन शक्तिको दुरुपयोग गरियो”– नेपालले भन्नुभयो, “पहिलो चरणको निर्वाचनमै एमाले यति शक्तिशाली भएर आइदियो कि सत्ताधारीलाई मुख देखाउनै लाजमर्दो हुने अवस्था आयो ।”

नेता नेपालले सत्ताधारी दलले जनतामा अनावश्यक भ्रमसमेत छरेको आरोपसमेत लगाउनुभयो । चितवनको भरतपुरमा एमालेको विजय सुनिश्चित भइसकेको दाबी गर्दै उहाँले एमालेको त्यो जीत पछि काँग्रेस र माओवादीलाई झनै ठूलो झड्का लाग्नेसमेत बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्