Logo

राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिए ।

स्थानीय तहलाई बलियो बनाउने गरी संविधान कार्यान्वयनमा जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

बजेट अधिवेशनका रुपमा चिनिने संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गते अगावै सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेश गर्दैछन् ।

जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्था संविधानमै उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बेलुका राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

स्रोतका अनुसार १० या १२ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्