Logo

संशोधन प्रस्ताव पारित र स्थानीय तहको संख्या नबढाए चुनावमा नजाने महन्थ, उपेन्द्र र गच्छदारको सहमति



काठमाडौं, ७ जेठ । राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमवीच संविधान संशोधन नभएसम्म दोस्रो चरणको निर्वाचनमा भाग नलिने गोप्य सहमति भएको छ ।

स्रोतका अनुसार राजपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटवार्तामा चुनावमा जाने वा नजानेबारे राय लिनको लागि गम्भिर छलफल गरेका थिए । शीर्ष तीन नेताहरुवीच दोस्रो चरणको चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित भएमात्रै निर्वाचनमा सहभागिता जनाउनेबारे भद्र सहमति भएको छ ।

त्यस्तै स्थानीय तहको संख्यापनि जतिसक्दो चाँडो वृद्धि गर्नुपर्ने उनीहरुको शर्त छ । संघीय गठबन्धनको संयोजक भएपछि ठाकुरले तराई÷मधेश आधारित पार्टीका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् ।

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा समेत तीन वटै शक्तिहरुवीच चुनावी तालमेल हुने शीर्ष नेताहरुवीच भद्र सहमति भएको छ । एक नेताले भने,‘हिजो सँगै मिलेर आन्दोलन गर्दा हुने, अनि निर्वाचनमा सँगै मिलेर लड्न चाहीँ किन नहुने ?, हो यसपटक हामी चुनावी तालमेल गर्छौं, मधेशमा ठूला पार्टीहरु भेट्दापनि भेदिँदैनन।’

हिमालय टेलिभिजनबाट आज राति ८ बजे प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग समेत उनले संविधान संशोधन प्रस्ताव पारित नभए आफूहरु कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot