Logo

प्रचण्डको राजिनामा रोक्न पौडेल पक्षधर नेताहरु नै सक्रिय, सिटौलादेखि कोईरालासम्म एकै ठाउँमा



काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजिनामा नगर्नको लागि सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरु नै भित्री गृहकार्यमा लागिपरेका छन् ।

सोमबार पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका शीर्ष नेताहरुवीच गोप्य बैठक बसेर प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजिनामा नदिनको लागि रोक्ने कसरत गरेका छन् । पौडेलसहित कांग्रेसका शीर्ष नेताहरु कृष्णप्रसाद सिटौला, महामन्त्री शंशाक कोइराला लगायतका तत्काल प्रचण्डले राजिनामा नदिए नै राम्रो हुने पक्षमा उभिएका छन् ।

कांग्रेस र माओवादी केन्द्रको आन्तरिक सहमति अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने हो । तर निर्वाचन सकिएको पनि आज ९ दिन बितिसक्दासम्म प्रधानमन्त्री दाहालले राजिनामा दिएका छैनन् ।

देउवा पक्षधर नेताहरु भने प्रधानमन्त्री दाहालले तत्काल राजिनामा दिनुपर्ने पक्षमा उभिएका छन् । प्रधानमन्त्री दाहाललेपनि तत्काल राजिनामा दिने बताईसकेका छन् । उनले सार्वजनिक कार्यक्रममै कांग्रेससँगको सहमति अनुसार नै देउवालाई सत्ता हस्तान्तरण गर्ने बताईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot