Logo

संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै राजिनामा दिँदै



काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले संसद बैठकमा बिशेष संम्बोधनसँग आज पदबाट राजीनामा दिने निश्चित भएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका–संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका हुन् । आजको संसद बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

कांग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धन बनेसँगै प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । त्यतिबेला काङ्ग्रेससँग भएको भद्र सहमति पालना गर्ने बताउँदै प्रचण्डले अब नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा समर्थन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्