Logo

बिष्ट उप्रान्त सफल र असल बन्नेछन् : वास्तविक



धनराज वास्तविक : कालिकोट जिल्ला ऋषिमुनि योगी सिद्धको आगमन भनौँ या जन्म भएको जिल्ला हो भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ ।
कर्णाली विश्वको प्राकृतिक सौन्दर्यताको प्राय हो । कर्णालीको एक विकट जिल्ला हो कालिकोट । यस भन्दा पर पुगेर हेर्दा नेपाल दैविक शक्तिले सिञ्चित पवित्र भूमि हो ।

यो विश्व ब्रह्माण्ड दृश्य शक्ति र अदृश्य शक्ति दुई शक्तिले सञ्चालन भइराखेको सबैलाई हेक्का भएको विषय हो । दृश्य शक्तिको अनुभव अनुभूति भौतिक शरीरले गर्न सक्छ भने अदृश्य शक्तिको अनुभव भने प्राणमय आध्यात्मिक शरीरले गर्ने गर्दछ । हामी मानवहरू नवमानवमध्ये एक मानव शरीर धारी हो । हाम्रो यो भौतिक शरीर अन्नमा आश्रित छ भनिरहनु प्रर्दैन ।

कालिकोटको साविक ‘लालु’ यसै धराधाममा हाम्रो जस्तै शरीर लिएर जन्मे राष्ट्रगुरु योगीनाथ नरहरि । महामानवको रूपमा लालुले मात्रै होईन, कर्णालीले मात्र होईन, यो राष्ट्रले विसं. १९७१ फागुन १७ गतेका दिन उनलाई प्राप्त गर्यो ।

उनकै ज्ञानभूमिमा २०२२ सालमा जन्मेका धिरबहादुर बिष्ट नरहरिनाथ गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । जनप्रतिनिधि भएका छन्।
मुलुकले परिवर्तनको मार्गलाई अँगाल्ने क्रममा उनले अनेक किसिमका आरोह र अपरोह नखेपेका होईनन् ।  माओवादी द्धन्दको बेला पनि शिक्षाको ज्योति दिने जस्तो कामलाई निरन्तरता दिएका बिष्ट जीवनका २८ बर्ष शिक्षण पेशामा संलग्न रहे । २०४९ सालमा सुर्खेत क्याम्पसका स्ववियू सदस्य समेत रहेका बिष्ट सानैदखि कम्यूनिष्ट बिचारधारालाई आत्सात गर्ने व्यक्तिका रुपमा चिनिन्थे ।

राजनीति शास्त्रबाट स्नाकोत्तर गरेका बिष्ट २०६० सालपछि विद्यालय निरिक्षकको रुपमा योगदान दिदै आएका थिए। बिष्टले स्थानीय तह पहिलो चरणको निर्वाचनको मिति घोषणा पछि पेसाबाट राजीनामा दिएर कालिकोटको नरहरिनाथ गाउँपालिकाको प्रमुखको लागि एमालेबाट टिकट पाएका लिएपछि प्रत्यक्ष राजनीतिको छाँयामा देखिए ।

त्यस अघि राजनीतिको छायाँमा बसेर शिक्षा रोजगार र अन्य क्षेत्रमा चतुर आँखाले चिनिने बिष्ट हिजो पनि सफल भए र आज पनि । उपरान्त उनी असल हुन भने बाँकि छ । सफल जो कोही हनु सक्छन् तर सफलसँगै असल हुनु वा सक्नु महानता हो।

विजय यात्रा

नरहरिनाथ गाउँपालिका प्रमुखमा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । बिष्ट २ हजार ४ सय ६० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसका मिनबहादुर बोगटीले २ हजार २ सय २८ मत पाए । बिष्टको भन्दा २ सय ३२ मतले कम हो ।

सुरुदेखि नै अगाडि रहेका माओवादी केन्द्रका अग्रबहादुर बिष्ट अन्तिम मतपरिणाम आउँदा तेस्रो स्थानमा झरेका छन् । उनले २ हजार १ सय ३७ मत पाए ।

उप–प्रमुखमा भने माओवादीकी मनशोभा वुढा विजयी बनेकी छन् । एमालेकी सुनिता बुढालाई झिनो मतान्तरले पछाडि पार्दै उनले जित दर्ता गराएकी हुन् । वुढाले २ हजार २ सय ४९ मत पाउदा उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उप–प्रमुख उम्मेदवार सुशीला शाहीले २ हजार ४३ मत पाइन् ।

नेकपा एमालेकी सुनिता वुढा सहकारीले २ हजार ३८ मत पाइन् । ९ वडा रहेको नरहरीनाथ गाउँपालिकाको चार वडा एमाले, ३ वडा माओवादी केन्द्र र २ वडा नेपाली कांग्रेसको पोल्टामा परेको छ ।

कालिकोटमा राजीनामा दिएका दान बहादुर बम, भानुभक्त संज्याल पराजित भए भने तारा शाहीले टिकट नै पाईनन् । नरहरिनाथ गाउापालिका सहित एमालेबाट मान्माखाँडाचक्र नगरपालिबकामा जसी पाण्डे, कालिका गाउँपालिका खडानन्द चौलाईगाई त्यस्तै आमोवादीबाट तिलागुफा नगरपालिका रतन शाही, रास्कोट नगरपालिका, काचिन्द्र बराल, सान्नि त्रिवेणी डम्बर शाही, पचालझर्ना गाउँपालिकामा, लक्ष्मण बम पलाता गाउँपालिकामा खडक सेजुवाल र महावंै गाउँपालिका नन्द बहादुर शाही विजयी भएका छन्, शाही कालिकोटमा काँग्रेसको विजयी ईतिहास रच्ने व्यक्ति पनि बने ।

अन्त्यमा, धिरबहादुर बिष्टकै बारेमा..

कालिकोटको ईतिहासमा शिक्षक यसरी जनप्रतिनिधि भएको स्वर्णिम समय पहिलो हो । धेरै शिक्षक चिप्लिएपनि उनलाई जनताले चिप्लाएनन् । उनले यस जनमतको सच्चा कदर गर्नसक्नु अबको अभिभारा हो । विपक्षीलाई मिलाएर नरहरिनाथ गाउँपालिकाको समग्र विकासमा अहोरात्र खट्ने छन् । उनका सामुन्नेमा जित मात्रै छैन्, चुनौति पनि छ ।

विपक्षिलाई मिलाएर, सडकको मुलधारमा नरहरिनाथ गाउँपालिकालाई जोड्ने, बर्षौ देखि जरा गाढेको कुसंस्कार र मदिराले पारेको सामाजिक विचलनको अपचार खोज्नु जस्ता अनेकौ चुनौति छन् । बिष्टको बाँकि राजनीतिक यात्राले राष्ट्रिय स्वरुप पाउँने सम्भावना त्यति नै छ ।

एक हातले तालि बज्दैन, स्थानीय नेता कार्यकर्ताको साथ पाएको खण्डमा नरहरिनाथ गाउँपालिको शिक्षा, स्वास्थ्य खानेपानि, सडक जस्ता विकासका काम गर्ने सक्नेमा संका छैन्।

राज्यले दिएको नुनपानि भनौ वा तलव भत्ता वि.नि हुँदाको बराबर हुनेछैन्। उनले अब जनताको सेवा र विकासको ऐनाले अघाँउने छन्, उनि सफल र असल हुनेछन् । आर्थिक पारर्दशिता, विकासमा स्तरोन्नति, मानव संवेदनाका हितमा सँधै लागि पर्नेछन् । शुभकामना ।



प्रतिक्रिया दिनुहोस्