Logo

ओलीले रोक्दारोक्दै किन दिए प्रचण्डले राजिनामा ?



काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा रोक्नको लागि पटक–पटक व्यस्थापिका–संसद अवरुद्ध गर्यो । तर, प्रधानमन्त्री दाहालले एमालेको अवरोधको बावजुद संसदबाट नभई प्रधानमन्त्री कार्यालयबाटै जनताको नाममा सम्बोधन गरेर राजिनामा दिने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई तत्काल राजिनामा नदिनको लागि पटक–पटक आग्रह गरेका थिए । तर प्रचण्डले जवाफमा कांग्रेससँग भएको भद्र सहमति अनुसार नै आफूले राजिनामा दिन लागेको ओलीलाई बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीवीच आजपनि फोनमा तीन पटक कुराकानी भएको स्रोतको दाबी छ । ओलीले फोनमा प्रचण्डलाई तत्काल राजिनामा नदिनको लागि पटक पटक आग्रह गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘‘अहिले किन हतार गर्नुभएको हो ? नीति तथा कार्यक्रम ल्याउनुहोस र दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुहोस्।’

जवाफमा प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति अनुसार नै आजै राजिनामा दिन लागेको जानकारी दिए । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाईपनि आफ्नो राजिनामाबारे जानकारी गराएका थिए ।

ओलीले किन रोक्न चाहेका थिए प्रचण्डको राजिनामा ?

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई तत्काल राजिनामा नदिन धेरै जोड गरेका थिए । उनको दाउ थियो प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने । तर प्रचण्डले ओलीको उक्त आग्रहलाई कुनै हालतमा पनि नमान्ने बताए । ओलीको अर्को चाहना थियो, अहिले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने । तर प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति आफूले कुनै पनि हालतमा नतोड्ने बताएका थिए ।

प्रचण्डको नेतृत्वको सरकार रहँदा नै एमोलेलाई फाईदा हुने उनको बुझाई थियो । जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै एमाले र कांग्रेसको नयाँ गठबन्धन बनाउने एमालेको चाहना छ ।त् यसैले ओलीले राजिनामा रोक्न संसद अवरुद्ध गरे । सार्वजनिक कार्यक्रममै देउवालाई पदलोलुपता देखाएको भन्दै गम्भिर आरोप लगाए ।

तर प्रधानमन्त्री प्रचण्डले पदबाट सहजै राजिनामा दिनुले भविष्यमा पनि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot