Logo

हेटौंडा उपमहानगरमा एमाले विजयी



हेटौंडा, १० जेठ। हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले बिजय हासिल गरेको छ ।

हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महत र उपमेयर एमालेकै मीना लामा बिजयी भएकी छन् । मेयरमा एमाले हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मीना लामाले २३ हजार ४३७ मत प्राप्त गरेर बिजयी भएकी छन् भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत मात्र प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्