Logo

एमालेले भन्यो,“प्रचण्डले राजिनामा दिएर परिस्थिति बिगारे”



काठमाडौं, १० जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर परिस्थिति बिगारेको निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको घोषणा गरेपछि बुधबार बसेको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्रीले राजिनामा दिएर परिस्थिति झनै अन्योलपूर्ण बनाएको निश्कर्ष निकालेको हो ।

एमालेद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,“‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसदमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्ने तथा संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्