Logo

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना



काठमाडौं, ३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।

विमान धावनमार्गबाट तल झरेको छ, जसका कारण उद्दारमा कठिनाई भएको छ । विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot