Logo

निर्धारित समयमै निर्वाचन हुन्छ : सरोकारवाला



अर्घाखाँची, १३ जेठ । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्र पारिएको सरोकारवाले बताउने गरेको छन् । सरकारले पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणको निर्वाचनको तयारीलाई तिब्र पारिएको सरोकारवाले बताए ।

रिपोर्टर्स क्लव अर्घाखाँचीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशब प्रसाद बास्तोलाले पहिलो चरणमै निर्वाचन भएपनि सबै तयारी पुरा भएको भन्दै दोस्रो चरणको निर्वाचनले गर्दा केही समय गतिबिधीलाई सुस्त राखिएको बताए । मुख्य निर्वाचन अधिकृत बास्तोलाले निर्धारित समयमै दोस्रो चरणको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

उनले पहिलो चरणमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय फेरी १५ गतेबाट सञ्चालन गरिने बताए । सरकारले पछिल्लो समय प्रस्ताव गरेको स्थानीय तह थप गर्ने प्रस्ताब सर्बोच्चले रोकेकाले निर्वाचन समयमै सम्पन्न हुने बताए । उनले पहिलो चरणको निर्वाचनमा मतगणना गर्न ढिलाइ भएको गुनासो आएको भन्दै जिल्लामा तीन दिन भित्रमा मतपरिणाम आउने गरी मतगणना गर्ने व्यवस्था मिलाउने बताए ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले निर्वाचनको तयारीलाई तिब्र पारिएको बताए । पोख्रेलले निर्वाचनमा बिभिन्न संघ संगठनका पदाधीकारीलाई भने नखटाउने प्रष्ट पारे । उनले बृद्धबृद्धाहरुको हकमा भने एकजना सहयोगी राख्ने सम्मको व्यवस्था गर्न सकिने बताए ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रदीप पौडेलले पालिकाका प्रमुखहरुको कार्यकक्षको व्यवस्था मिलाइएको बताए ।
सरकारले त्यसका लागि बजेट पठाइसकेको भन्दै पौडेलले उपलब्ध श्रोत साधनको परिचालन गरेर प्रमुख उप्रमुखको कार्यकक्षको ब्यवस्था मिलाइएको जानकारी गराए ।

प्रहरी नावय उपरीक्षक एकनारायण कोइरालाले मतदातालाई ढुक्क सँग मतदान गर्ने व्यवस्था मिलाएको बताए । कोइरालाले मतदातालाई मशसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले निर्वाचनको तयारीलाई तिब्रता पारिएको भन्दै अहिले पहिलो चरणको निर्वाचनलाई आधार मानी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । पाण्डेका अनुसार जिल्लामा अहिले १ लाख ३६ हजार ६ सय ९९ मतदाता रहेका छन् । त्यस मध्ये नेपाल राष्ट्रिय माबि ठुलापोखरामा सबै भन्दा बढि २७ हजार र सबै भन्दा थोरै लाल प्राबि जलुकेमा ७ सय १ मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot