Logo

चलचित्र ‘पर्व र हिटलर’ प्रदर्शन



काठमाडौं, १३ जेठ । देश भरका हलमा चलचित्र ‘पर्व र हिटलर’ प्रदर्शन भएका छन् । प्रतिक्षामा रहेका दुई फरक चलचित्रलाई दर्शकले मायागर्ने विश्वास चलचित्र निर्माताहरुले लिएका छन् ।

सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा छन् ।

त्यस्तै चलचित्र ‘हिटलर’ पनि रिलिज भएको छ । यस चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।

चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ र नवनायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई अष्टनारायण पिक्चर्सले निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्