Logo

मतपत्र च्यातिएको घट्नाको छानबिन गर्न तीन सदस्य समिति गठन, सदस्यहरु आजै चितवन प्रस्थान



काठमाडौं, १५ जेठ । भरतपुर महानगरापलिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि उत्पन्न भएको घट्नाको बारेमा छानबिन गर्नको निर्वाचन आयोगले लागि कानून मन्त्रालयकी सह–सचिव गीता तिमिल्सिनाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

आईतबार राति मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् । यही बीचमा अब कसरी अघि बढ्ने भन्नेबारमो निर्णय लिन निर्वाचन आयोगका सबै पदाधिकारीहरुको बैठक बसेको थियो ।

बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले कानून मन्त्रालयका सह–सचिव तिमिल्सिनाको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो । समितिको अन्य सदस्यमा गृहमन्त्रालयका सह–सचिव महेश आचार्य र डिआईजी केदारमान सिंह रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्