Logo

बजेटप्रति प्रमुख प्रतिपक्षीको आलोचनात्मक समर्थन, कसले के भने ?



काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बेजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आलोचनात्मक सर्मथन गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले संवैधानिक व्यवस्थाअनुसार समयमै बजेट आउनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

चालु आवको बजेटको निरन्तरता भने पनि बजेटको आकारमा भएको वृद्धिका कारण मूल्यवृद्धिमा भने प्रभाव पार्न सक्ने बताउँदै उहाँले बजेटमा प्रमुख प्राथमिकतामा १३ विषय राखिएको तर वास्तविक प्राथमिकता के हो भन्ने उल्लेख नभएको धारणा व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले स्थानीय तहलाई केन्द्रबाट सिधै जाने व्यवस्था प्रस्तुत बजेटको सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसअघि आफ्नो पार्टीले अगाडि सारेको चर्चित कार्यक्रम नराखिएकोप्रति गुनासो गर्नुभयो ।

शिक्षा क्षेत्रको लगानी भविष्यका लागि हुने भएकाले कम बजेट राखिएकोप्रति आलोचना गर्दै उहाँले सो क्षेत्रमा उल्लेख्य बजेट व्यवस्था हुनुपर्ने बताउनुभयो ।

बजेट कार्यान्वयनका लागि अघि सारिएका कार्यतालिका सकारात्मक रहेको पूर्वअर्थमन्त्री पाण्डे बताउनुभयो ।

संसद्को अर्थ समितिका सभापतिसमेत रहनु भएका एमाले नेता प्रकाश ज्वालाले अर्थ समितिका सुझावलाई समेत समेटेर बजेट प्रस्तुत गरेकोमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई धन्यवाद दिनुभयो ।

स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत बजेट उपलब्ध गराइनु यस बजेटको प्रमुख विशेषता रहेको उल्लेख गर्दै उहाँले पुरानै कार्यक्रमको निरन्तरता भनेपनि ‘आफ्नो गाउँ आफैँ बनाऊ’ र ‘आफ्नो सहर आफँै सजाऊ’ भन्ने जस्ता कार्यक्रम हटाइएकोमा गुनासो गर्नुभयो ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले स्थानीय तहको निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रम नआएको बताउँदै बजेटको आकार बढाएकाले विप्रेषणको लगानीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने कार्यक्रम नभएको टिप्प्णी गर्नुभयो ।

व्यवस्थापिका संसदमा सोमबार प्रस्तुत आव २०७बmउस४•७बmउस५ आयव्यय बारे प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी । तस्बिर ः रत्न ७नतसेष्ठ, रासस

व्यापार घाटा डरलाग्दो रुपमा बढेको भए पनि यसलाई सम्बोधन गर्ने कार्यक्रम खासै रुपमा नआएको उल्लेख गर्दै उहाँले त्यसका लागि कृषि, घरेलु उद्योगमा लगानी बढाउने कार्यक्रम आउनुपर्दथ्यो तर त्यो आउन नसकेको विचार व्यक्त गर्नुभयो ।

राप्रपाका नेता एवम् सांसद दीलनाथ गिरीले नयाँपन नभएको बजेट ‘कर्मकाण्डी’ जस्तो मात्रै रहेको टिप्पणी गर्नुभयो । उहाँले बजेट विधि पु¥याउनका लागि मात्रै ल्याइएको जस्तो देखिएको छ भन्नुभयो ।

पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महतले बजेट काम चलाउ सरकारले ल्याएको जस्तो नभई ठूलो आकारको भएको बताउँदै वितरण कसरी गर्ने र क्षमता विस्तार गर्ने सम्बन्धमा बजेट प्रस्ट नभएको विचार व्यक्त गर्नुभयो ।

व्यवस्थापिका संसदमा सोमबार प्रस्तुत आव २०७बmउस४Õ७बmउस५ आयव्यय बारे प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री डा रामशरण महत । तस्बिर ः रत्न ७नतसेष्ठ, रासस ।

पूर्वअर्थमन्त्री डा महतले भन्नुभयो, “बजेटमा वित्तीय हस्तान्तरण गर्ने व्यापक कार्यक्रम छ, तर त्यसका लागि आवश्यक प्रशासनिक संयन्त्रका बारेमा बजेटमा खासै उल्लेख छैन, त्यसकारण बजेट कार्यान्वयनमा समस्या आउन सक्छ ।”

यस्तै पूर्वअर्थमन्त्री एवम् काँग्रेस नेता महेश आचार्यले बजेटले स्थानीय तहका लागि आवश्यक वित्तीय स्रोतका बारेमा व्यवस्था गरेको भन्दै बाँकी प्रदेशसभाको निर्वाचनपछि थप व्यवस्थित हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो ।

बजेटको आकार ठूलो भएकाले कार्यान्वयनमा ध्यान दिन पूर्वअर्थमन्त्री आचार्यले सुझाव दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्