Logo

विराटनगर र वीरगन्ज महानगरको स्तरोन्नति



काठमाडौँ, १७ जेठ । सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिका लागि महानगरमा स्तरोन्नति गरेको छ ।

स्थानीय विकास मन्त्रालयका अनुसार ती दुवै उपमहानगरपालिकाको हाल कायम रहेका वडा सङ्ख्या र सिमाना यथावत् रहने गरी महानगर घोषणा गरिएको हो ।

उक्त महानगर आर्थिक तथा भौतिक दृष्टिले समुन्नत भई नमुना महानगरपालिकाका रुपमा स्थापित हुने सो मन्त्रालयले विश्वास लिएको जनाइएको छ ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानुनी व्यवस्था र स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई आजको मन्त्रिपरिषद्ले सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तमाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक औद्योगिक तथा व्यापारिक केन्द्रका रुपमा स्थापित विराटनगर र वीरगन्ज नगर क्षेत्रलाई स्थानीय जनताको माग, उक्त क्षेत्रमा उपलब्ध आर्थिक एवम् भौतिक पूर्वाधार तथा जनसङ्ख्या र विभिन्न राजनीतिक दलसँग गरिएका छलफल समेतको आधारमा तराई–मधेस क्षेत्रमा महानगर बनाउनुपर्ने सर्वसम्मत सुझाव आएका र भावनात्मकरुपमा ती ठाउँमा महानगर बनाउँदा जनताबीचमा पारस्परिक सम्बन्धमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot