Logo

राष्ट्रपतिद्धारा बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान



काठमाडौं, १८ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् ।

बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो । भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन ।

अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot