Logo

एमालेद्धारा आजपनि संसद अवरुद्ध, बैठक जेठ २१ गते बस्ने



काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बिहीबारको संसद् बैठक पनि चल्न सकेन । भरतपुर महानपालिकाको मतगणना निरन्तरताको माग गर्दै एमाले सांसद्हरु आ-आफ्नो ठाउँमा उभिएर सदन अवरुद्ध पारेका हुन् ।

सभामुख ओनसरी घर्तीमगरले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु आ-आफ्ना ठाउँमा उभिए । सभामुख घर्तीले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु बसेनन् । त्यसबखत माओवादी केन्द्रका सांसद् रामनारायण विडारीले नियमापत्ति जनाएर बोल्न समय माग गरे ।

सभामुख घर्तीले प्रमुख विपक्षी दलका सांसदहरु उभिएको अवस्थामा समय दिन नमिल्ने प्रस्ट्याइन् ।  त्यसपछि पुन: एमाले सांसदहरुलाई आ-आफ्नो ठाउँमा बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले बैठक जेठ २१ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्