Logo

एमालेविरुद्ध यसरी कड्किए शेखर कोइराला



shekhar

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आज (बिहीबार)को संसद् बैठक पनि चल्न सकेन । भरतपुर महानपालिकाको मतगणना निरन्तरताको माग गर्दै एमाले सांसद्हरु आ-आफ्नो ठाउँमा उभिएर सदन अवरुद्ध पारेका हुन् ।

सभामुख ओनसरी घर्तीमगरले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु आ–आफ्ना ठाउँमा उभिए । सभामुख घर्तीले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु बसेनन् । त्यसबखत माओवादी केन्द्रका सांसद् रामनारायण विडारीले नियमापत्ति जनाएर बोल्न समय माग गरे ।

बैठक स्थगन् भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सांसद डा. शेखर कोइरालाले भने,‘यो एमालेको गलत हर्कत हो, यस्तो व्यवहारले स्वयम् एमालेलाई पनि फाईदा पुग्दैन्।’ उनले एमालेले लगातार संसद अवरुद्ध गरेर प्रधानमन्त्री चयनमा अवरोध गर्न खोजेको समेत आरोप लगाए ।

त्यस्तै माओवादी केन्द्रका सांसद समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पनि एमालेले पछिल्लो समय संसद अवरुद्ध गरेर गलत काम गरेको आरोप लगाए ।

संसद अवरुद्ध गर्नुको कारणबारे प्रष्ट्याउँदै एमाले बरिष्ठ नेता झलनाथ खनालले भने,‘भरतपुरमा तत्काल मतगणना सुरु नभए हामी कुनैपनि हालतमा संसद चल्न दिँदैनौं।’ खनालले कांग्रेस र माओवादी केन्द्र मिलेर लोकतन्त्रलाई अपहरण गर्न खोजेको समेत आरोप लगाए ।

सभामुख घर्तीले प्रमुख विपक्षी दलका सांसदहरु उभिएको अवस्थामा समय दिन नमिल्ने प्रस्ट्याइन् । त्यसपछि पुनस् एमाले सांसदहरुलाई आ(आफ्नो ठाउँमा बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले बैठक जेठ २१ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिन् ।



प्रतिक्रिया दिनुहोस्