Logo

वीरेन्द्रको वंश नास भएको आज १६ वर्ष, हत्याकाण्ड अझै रहस्यको विषय



काठमाडौँ, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको आज १६ वर्ष भएको छ । तर यो वंश नासको अहिलेसम्म रहस्य पत्ता लागेको छैन् ।

हत्याकाण्डबारेमा छानविन गर्ने भनेर विभिन्न आयोग समेत नबनेका होईनन्, तर अहिलेसम्म यसको रहस्य बाहिर आउन सकेको छैन् । राजपरिवारको वंश नै नास गर्ने उक्त घट्ना नेपाली जनताको स्मृतिमा अहिलेपनि ताजा छ ।

तत्कालिन राजा वीरेन्द्रको वंश नास १६ वर्ष अघि ठीक आजैको दिनमा भएको हो । उक्त घट्नाको बारेमा यर्थाथता बाहिर ल्याउन प्रयत्नहरु नभएका होईनन्, तर सत्य कुरा बाहिर आएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीमण्डलका सदस्यहरुसँग उक्त घट्नाको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि अनुशन्धान तथा खोजी गर्नुपर्ने बताएको स्रोतले जनायो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा पनि विरेन्द्र परिवारको हत्याकाण्डबारे गम्भिर

यता नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने पक्का भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले उक्त त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए । नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदैछ । दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ । दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ ।

संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्