फलेवास (पर्वत), १९ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा ९एमाले० को प्यानलै विजयी भएको छ ।
बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा ९एमाले०को प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहनुभएको छ । त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहनुभएको छ ।
उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए ।
योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली काँग्रेसका सातजना रहने भएका छन् । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी हुनुभएको थियो ।
फलेवासमा पनि एमाले
पर्वतको फलेवास नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेकपा ९एमाले० विजयी भएको छ । तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो ।
कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहनुभएको छ भने तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहनुभएको छ ।
उहाँहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराउनुभएको हो ।
फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कार्यपालिका, वडा अध्यक्षसहित सदस्यमा निवाचित जनप्रतिनिधीलाई विकास निर्माणमा कटिबद्ध रहेर काम गर्न निर्देशन दिनुभएको छ । रासस