Logo

हामी चुनावबाट कहिल्यै भागेका छैनौं, दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छौं : कर्ण



काठमाडौं, १९ जेठ ।  राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको कहिल्यैपनि विरोधी नभएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई लगाईएका राजनीतिक मुद्दा फिर्ता लिए, बन्दी रिहाई गरे आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग लिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले आफुहरू खालि हात सरकारमा नजाने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकार गठनका बेला तीन बुँदे सर्तसहित सरकारलाई आफूहरुले समर्थन दिएको स्मरण गर्दै भने,‘हामीले प्रचण्डको सरकार गठनका बेला तीन बुँदे सम्झौता गरेर मतदान गर्यौँ तर उहाँले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन्, ईमान्दारिता देखाउन सक्नुभएन्, फेरी अहिले पनि काँग्रेसले हामीलाई सरकारमा जानको लागि भनिरहेको छ तर हाम्ी निःशर्तमा सरकारमा जादैनौँ, हाम्रा मागहरूमा हामी अडिग छौं।’

कर्णले दोस्रो चरणको निर्वाचनमा भागलिने वातावरण निर्माण गर्न सुरकारलाई आग्रह गर्दै भने,‘हामीले निर्वाचनमा जादैनौँ भनेका छैनौ, हामी निर्वाचनमा भाग लिन्छौ, तर हाम्रा न्यूनतम माग पुरा गर्नुपर्छ, सहिद घोषणा, बिचारकै आधारमा कार्यकर्ता जेलमा छन्, ती कार्यकर्ताको रिहाई, स्थानीय तह संख्या थपेको खण्डमा हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशलाई विभेद गर्न पाईदैन।’ उनले आफूहरु पनि निर्वाचनको तयारीमा जुटेको बताए ।

यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकालाई तत्काल विना शर्तः समर्थन नगर्ने समेत बताए । कर्णले भने,‘हामी अहिले नै देउवाजीलाई समर्थन गर्ने पक्षमा छैनौं, हाम्रा माँगहरु पूरा नगरेसम्म हामीले किन समर्थन गर्छौं ?’

उनले फरक प्रसँगमा सर्वोच्चको निर्णयलाई सरकारले पुनः विचार गर्नको लागि कुनै प्रयास नगरेको समेत आरोप लगाए । उनले अघि थपे,‘हाम्रो देशमा अदालत अच्चमको तरिकाले चलेको छ, कि त अदालतलाई संसद चलाउ, सरकार चलाउ, सबै तिमी नै चलाउ भन्नुपर्छ, कि होईन भने सरकारले चुनौतीहरु मोल्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot