Logo

खण्डन छापिदिनको लागि लुम्बिनी ईन्टरनेश्नल एकेडेमीको आग्रह



काठमाडौं, १९ जेठ । लुम्बिनी ईन्टरनेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजि, ललितपुरले आफ्नो संस्थाको बारेमा प्रकाशित समाचार गलत भएको भन्दै उक्त समाचारबारे खण्डन छापिदिन आग्रह गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर एकेडेमीले यस्तो आग्रह गरेको हो । एकेडेमीका प्रमुख डा.के.आर. ढकालले उक्त समाचार गलत भएको भन्दै खण्डन छापिदिनको लागि कान्तिपुर दैनिकलाई आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनी ईन्टरनेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजिलाई ईन्जिनियरिङ अध्ययनको लागि दिईएको सम्बन्धन प्रक्रियापुरा नगरि दिएको ओरोप लगाएर कान्तिपुरले झुट समाचार छापेको भन्दै प्रमुख डा. ढकालले नियम, प्रक्रिया र मापदण्डभित्र रहेर सम्बन्धन लिएको दावि गरेका छन् ।

उनले भने,‘म लाईसेन्स बिनाको पत्रकार हुँ, मलाई पनि पत्रकारितासम्बन्धि केही कुरा ज्ञान छ, तर कान्तिपुरजस्तो मिडियाले हामीसँग कुनैपनि प्रतिक्रिया नलिईकन एकपक्षीय ढंगले समाचार सम्प्रेण गर्नु विश्वसनियतामाथिको प्रश्न नै हो।’

उनले अघि थपे,‘हामीले धेरै टाढा जानुपर्दैन भारतको बनारस हिन्दु विश्वविद्यायलको स्थिापना उद्देश्य जे सुकै भएपनि वर्तमान समयमा आईपुग्दा धेरै खालका विज्ञान र प्रविधिका विषयहरू अध्ययन–अध्यापन हुन्छन, त्यसै उदाहरण भारतकै अलिगढ मुस्लिम विश्वविद्यालयको पनि छ, हाम्रो देशमा पनि यस्तो प्रक्रिया छ, विश्वविद्यायल स्वाक्त संस्था हो, यसको आफ्नै कानुन र मापदण्ड हुन्छ, काननुमा टेकेर बनाईएको नियमावलिले अन्य थप कुराको पुष्टि गर्दछ।’

बौद्ध विश्वविद्याल नामाकरण भएता पनि निश्चित विषय अध्ययन नहुने बताए । उनले भने,‘बौद्ध विश्वविद्यालयलाई कुनै एक विषयको रुपमा सिमित राख्न सकिदैन्, यसको दायरा फराकिलो बनाउँने क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयले पनि आफ्नो स्थिापना कालदेखि नै विभिन्न कलेजलाई सम्बन्धन दिदै आएको छ, यसैको उहाहरण हाम्रो विद्यालय पनि एक हो, विश्वविद्यालय अनुदान आयोगले गठन गरेको छानविन समितिको कुरालाई आधार मानेर समाचार प्रकाशन गरिएको छ, त्यो आयोग नै गैर कानुनी र एकपक्षीय छ।’

त्यस्तै त्रिभूवन विश्वविद्यालयका पूर्व उप–कुलपति महेश कुमार उपाध्यायले शिक्षाको विकासमा लागेका व्यक्ति र संस्थालाई बद्नाम गर्ने चलन गलत भएको बताए ।

समाजमा केही गर्न खोज्नलाई साथ दिनुको साटो खुटातान्ने र प्रतिशोध कारण यस्ता घटना भएको भन्दै पूर्व उप–कुलपति उपाध्यायले कानुन सम्वत रुपमा संचालन गरिएका शिक्षण संस्थालाई बद्नाम गर्ने नहुने र सत्यको जित हुने बताए ।

कार्यक्रममा एकेडेमीका उप–प्रमुख दिपक सुवेदीले सञ्चारमाध्यायमले सत्य पत्ता नगाईकन कुनै संस्था वा व्यक्तिको चरित्र हत्या गर्ने कार्य दुखद र निन्दनीय भएको बताए ।

नेपालमा स्वच्छ र निष्पक्ष पत्रकारिताको खडेरी परेको बताउँदै उनले भने,‘कान्तिपुर जस्तो मिडियाले हाम्रो मात्रै होईन उज्यालो नेपाल बनाउँने कुलमानको चरिचहत्या गर्ने काम गर्यो, कानुनमा कुनै दर्ता नभएको भनेर हाम्रो विद्यालयको भ्रामक समाचार प्रकाशन गर्यो, यसरी हेर्दा दादागीरि शैलिमा अघि बढेको छ, हामीले खण्डन छाप्नको लागि अनुरोध गर्यौ तर उहाँहरू हाम्रा कनै पनि कुरा सुन्न मान्नु भएन, भनिन्छ, अपरिचित सत्रु हाम्रो लागि बाबु सरह हुन्छ, हामी पनि यो समाचार लेख्ने र यसका विषयमा खेल्ने मानिस खोजि रहेका छौँ, हामी कुनै दिन प्रष्ट पार्नेछौँ।’

सुवेदीले ३५ दिनसम्म हामी खण्डन छाप्न आग्रहगर्ने, राज्यको धारणा बुझ्ने र अन्तत अदालतमा जाने स्पष्ट पारेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot