Logo

देउवाले प्रधानमन्त्रीमा उम्मेद्धवारी दिँदै, समर्थनको लागि भोलि नै अन्य दलहरुलाई पत्राचार गर्ने



काठमाडौं, १९ जेठ । व्यवस्थापिका–संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको हो ।
सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको छ । माओवादी केन्द्रको समर्थनमा देउवा प्रधानमन्त्री बन्न लागेका हुन् । उनले भोलि उम्मेद्धवार दिएलगत्तै संसदमा रहेका सबै दललाई आफूलाई समर्थन गर्न पत्राचार गर्ने बुझिएको छ ।

देउवा नेतृत्वको सरकारमा राप्रपापनि सहभागी हुने भएको छ । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक पार्टीपनि सहभागी हुनेछन् । राप्रपा अध्यक्ष कमल थापाका अनुसार कांग्रेस सभापति देउवाले भोलि नै सबै दललाई पत्राचार गर्ने बुझिएको छ । थापापनि सरकारमा सहभागी हुने सूत्रहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot