Logo

प्रधानमन्त्रीमा उम्मेद्धवारी दर्ता गरेपछि देउवाले भने,‘प्रचण्ड राजनेताको रुपमा स्थापित हुनुभयो’



काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवारमा प्रस्ताव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकारले मुलुकको सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उम्मेद्धवारी दिएपछि देउवाले प्रधानमन्त्री प्रचण्डको भूमिकाको खुलेरै प्रशंसा गरेका थिए । उनले भने,‘कसैले नगरेको काम प्रचण्डजीले गर्नुभयो, राजनेताको रुपमा स्थापित् हुनुभएको छ, नेपालका राजनीतिमा भद्र सहमति पालना गर्ने विषयमा उहाँ परिपक्व हुनुभएको छ, उहाँको भूमिकाको जति नै प्रशंसा गरेपनि कमै हुन्छ।’

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् ।

सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot