Logo

देउवाविरुद्ध उम्मेद्धवार नउठाउने एमालेको निर्णय



काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नतोक्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीलाई प्रधानमन्त्री चयन प्रक्रिया सुरु भएको बारेमा कुनै जानकारी नभएको एमाले अध्यक्ष केपी ओलीको भनाइ छ ।

उनले भने,‘खोई, हामीलाई त केही थाहा छैन्, संसद अवरोधकै अवस्थामा छ, हामी यस विषयमा जानकार छैनौ ।’

त्यस्तै एमालेले भरतपुर महानगरपालिकामा मतदान गर्ने निर्णय आफूहरुलाई कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएको छ। उनले भने,‘हामी कानुनसँगै सबै प्रक्रिया अपनाउँछौ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot