Logo

मिस्टर नेपाल २०१७ को उद्धघाट्न गर्दै धमलाले भने,“मुलुकको नेतृत्व गर्न सक्ने हौसला प्रदान गरोस”



काठमाडौं, २० जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मिस्टर नेपाल, मिस नेपालजस्ता ठूला ठूला सौन्दर्य प्रतियोगिताको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् ।

शनिबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा एक्पोज नेपाल डटले आयोजना गरेको मिस्टर नेपाल २०१७ को उद्धघाट्न गर्दै धमलाले यस्ता खाले प्रतियोगिताको अत्यन्तै महत्व रहेको बताएका हुन् । उनले यस्ता खाले  प्रतियोगिताले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा अधिक टेवा पुर्याउने र अन्र्तराष्ट्रिय क्षेत्रमा समेत राष्ट्रको प्रतिनिधित्व गरेर जाने भएकोले विशेष महत्व दिनुपर्ने धारणा राखेका थिए ।

धमलाले आज उक्त प्रतियोगिताको उद्धघाटन् गर्नु र भोलि नै मुलुकले ४० औं प्रधानमन्त्री पाउने दिन भएकोले यसलाई राजनीतिक महत्वसँग दाँजेका थिए । उनले प्रतियोगितामा सहभागी युवाहरुलाई लक्षित गर्दै भने,“भोलि तपाईहरुपनि यो देशको बागडोर सम्हाल्नको लागि तयार हुनुपर्छ, यस्ता खाले राष्ट्रिय प्रतियोगितामा भाग लिएर आफूलाई सक्षम र निखार ल्याउन सक्नुभयो भने धेरै गाह«ो छैन्। मेरो त यहाँहरुलाई धेरै धेरै शुभकामना छ।”

उक्त प्रतियोगितामा १७ प्रतिष्पर्धी छन् । संस्थाको प्रमुख दिनेश शाही हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot