Logo

प्रधानमन्त्री समर्थनबारे राजपाले आइतबार निर्णय गर्ने



काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा समर्थन जुटाउन राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहयोगको आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा राजपाका अध्यक्षमण्डलका शीर्ष नेताहरुलाई बोलाएर देउवाले आफ्नो समर्थनका लागि लिखित आग्रह गर्नुभएको हो ।

आफ्नो पक्षमा बहुमत जुटाउन सभापति देउवाले अन्य साना दलसँग पनि लिखित आग्रह गर्नुभएको छ । यसैक्रममा संसद्मा २४ सिट रहेको विभिन्न छवटा मधेसी दल एकीकृत भएर बनेको राजपासँग सरकारलाई समर्थन गर्न आग्रह गर्नु भयो ।

सभापति देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारको समर्थनका लागि आइतबार हुने निर्वाचनमा मतदान गर्न लिखित रुपमा आग्रह गर्नुभएको राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले राससलाई जानकारी दिनुभयो ।

“आइतबार बस्ने बैठकले समर्थन गर्ने या नगर्नेबारे निर्णय गर्नेछ,” उहाँले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्