
धनराज वास्तविक : काठमाडौं, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालको अन्त्यमा जाँदाजाँदै ७ वर्षीय स्वास्थ्य कार्यक्रम घोषणा गरका छन् ।
आईतबार स्वास्थ्य मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले जनशक्ति उत्पादन, सरल र सुलभ स्वास्थ्य पहँुज, औषधी खरिद, स्वास्थ्य चौकि, अस्पतालको बिस्तार, विपन्न वर्गको निशुल्क उपचारजस्ता धेरै जनपक्षीइ कार्यक्रमहरू सार्वजनिक गर्दै आफ्नो कार्यकाल आजैबाट सकिएको जानकारी गराएका हुन्।
स्वास्थ्य क्षेत्रमा धेरै प्रगती भएको भन्ने जनप्रसँशाले आफु्लाई खुशी तुल्याएको तर आफुले धेरै गरेको भन्ने दम्भ नरहेको स्पष्ट पार्दै मन्त्री थापाले भने,‘मेरो कार्यकालमा धेरै काम भएको भन्ने कुरा छ, धेरै गर्यो भन्ने छ तर मैले पुराना योजनाहरूलाई कार्यान्वयन र केही गर्नुपर्छ, भन्ने ईच्छाशक्ति देृखाएको हुँ, अझै धेरै गर्नुछ, मैले सात बर्षको लागि केही महत्वपूर्ण योजनाहरू संसदबाटै पारित गरेको छु, ती सबै कार्यान्वयन भए धेरै राम्रो हुने थियो ।’
मन्त्री थापाले आफू पूनः मन्त्रीमा दोहोरिए स्वास्थ्य मन्त्रालय नै सम्हाल्ने ईच्छा भएको बताए । उनले भने,‘म दोहोरिने वा नदोहोरिने भन्ने मलाई थाहा छैन, तर पार्टीले पूनः जिम्मेवारी दियो भने म स्वास्थय मन्त्रालय नै सम्हाल्छु, मेरो ईच्छा यसमै छ, मैले स्वास्थ्य क्षेत्रका विकास र विस्तारको लागि धेरै कामहरुको थालनी गरेको छु, यसलाई कार्यान्वयन गर्नको लागि पनि म दोहोरिन चाहन्छु।’