Logo

देउवा र वामदेववीच भनाभन, देउवाले भने,‘एमालेलाई तीन बजेको समय दिएका छौं’



काठमाडौं, २१ जेठ । प्रधानमन्त्रीका उम्मेद्धवार समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमवीच वान टु वान भेटवार्ता भएको छ ।

व्यवस्थापिका–संसद भवन परिसरमा भएको भेटमा कांग्रेस सभापति देउवा नेता गौमसँग कडा रुपमा प्रस्तुत भएका थिए । बैठकबाट बाहिरिने क्रममा पत्रकाहरुसँग कुरा गर्दै देउवाले भने,‘ सहमतिको लागि छलफल गर्न एमालेलाई समय दिएका छौ, अब तीन बजे फेरी बैठक बस्छ, त्यतिबेला एमालेले के भन्छ ?त्यसैका आधारमा अघि बढ्छौ।’

यता एमाले उपाध्यक्ष गौतमले भने प्रधानमन्त्रीको उम्मेदवारीबारे आफूहरुलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए । उनले भने,‘प्रधानमन्त्रीको उम्मेद्धवारीबारे हामीलाई थाहा छैन, संसद अवरोधको अवस्थामा छ ।’

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो निवास बालकोटबाट आउन समय लाग्ने जानकारी दिएपछि बैठक तीन बजेको लागि स्थगित भएको हो । नेम्वाङले यस्तो जानकारी दिएपछि शीर्ष नेताहरुको बैठक आजै दुई बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्