Logo

संसद अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु



काठमाडौं, २१ जेठ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

सभामुखको उपस्थितिमा शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ । आज विहान ११ बजेको लागि संसद बोलाइएको थियो ।

तर, एमालेले आजको बैठकपनि अवरुद्ध गर्ने चेतावनी दिएपछि बीचमा सहमति खोज्ने उद्देश्यले बैठक दिउँसो ३ बजेको लागि डाकिएका थियो ।



प्रतिक्रिया दिनुहोस्