Logo

देउवालाई समर्थन गरेलगत्तै थापा र यादववीच एउटै मन्त्रालयमा आँखा, परराष्ट्र मन्त्रालयमा कसले मार्ला बाजी ?



काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीका एक्ला उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका दुवै पार्टी सरकारमा पनि सहभागी हुने तयारीमा जुटिसकेका छन् ।

देउवालेपनि दुवै नेताहरुलाई सहभागी हुनको लागि धेरैपटक आग्रह गरिसेका छन् । तर राप्रपा अध्यक्ष थापा र समाजवादी फोरम नेपालका अध्यक्ष यादवले एउटै मन्त्रालयमा आँखा लगाएपछि परराष्ट्रमन्त्रालय कसले पाउला त भन्ने बहस सुरु भैसकेको छ । थापा र यादव दुवैले यसअघि नै उपप्रधान एवम् परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । दुवैले आफ्नो कार्यकालमा राम्रै पर्फमेन्स देखाईसकेका छन ।

हुन त राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा थिए । तर, पार्टीभित्रका बहुमत नेताहरु सरकारमा जाने पक्षमा उभिए । पार्टी संसदीय दलको बैठकमा थापाले बहुमत अल्पमत हेरेर सरकारमा जाने निर्णय भएको सुनाएका छन् । कांग्रेस सभापति देउवाले लिखित पत्र पठाएर राप्रपालाई सरकारमा आउन आग्रह गरेका थिए । स्रोतका अनुसार देउवाले चार मन्त्रालय दिने आश्वासन दिएको स्रोतको दाबी छ

राप्रपाले समर्थन गर्ने निर्णयसँगै सरकारमा जाने मन्त्री छनोटका लागि कार्यदल बनाएको छ । यस्तै १५ सांसद रहेको संघीय समाजवादी फोरम नेपालले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेलगत्तै सरकारमा सहभागी हुनेबारे आन्तरिक तयारी समेत गरिसकेको छ । सरकारमा सहभागी हुने भएपछि पार्टी अध्यक्ष यादव लगायत अन्य दुई जनाको नाममा सहमति जुटाउनको लागि अहिलेपनि व्यापक गृहकार्य भैरहेको स्रोतको दाबी छ ।

कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारु लगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot