Logo

यथास्थितिमा चुनावमा भाग लिईदैन् : राजपा नेपाल



काठमाडौँ, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले यथास्थितिमा आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले उनले भने,‘हाम्रा माँगहरु सम्बोधन नभएसम्म हामी निर्वाचनमा भाग लिँदैनौं, चुनावको वातावरण बनाउनको लागि पनि हाम्रा माँगहरु सम्बोधन गर्नुपर्छ।’ उनले राजपा नेपाल लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएकोले आफूहरु निर्वाचनको विरोधी नभएको जिकिर गरे।

सरकारसँग भएका वार्ता तथा सम्वाद सकारात्मक दिशामा अगाडि बढेको भन्दै यसको लिखित सम्झौता आए भोली हुने प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रधानमन्त्रीलाई मतदान गर्ने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीलेउनले भने,“राजपा लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको हो निर्वाचन विरोधी शक्ति होइन, हामीले राखेका मागलाई उचित सम्बोधन गरे हामी निर्वाचनमा जान्छौँ ।”

यादवले प्रधानमन्त्रीलाई सहयोग गर्ने वा नगर्ने स्थानीय तहको निर्वाचनमा जाने वा नजाने भन्नेबारे राजपाभित्र कुनै विवाद नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot