Logo

प्रधानन्यायाधीश कार्की सर्वोच्चबाट बाहिरिइन 



काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु अघि एक दिन अघि नै सर्वोच्च अदालतबाट बिदा भएकी छिन् ।

बिहान साढे एघार बजे सर्वोच्चका अन्य न्यायाधिशहरुसँग औपचारिक रुपमा बिदा लिएर उनी घरतिर लागेको सर्वोच्च स्रोतले बतायो । उनले सहकर्मीहरुसँग कुनै पनि फूल खादालगायत कुनै पनि उपहार नलिइ उनी त्यहाँबाट बिदा भइन । कार्कीको कार्यकाल जेठ २४ गते सकिँदैछ ।

नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot