Logo

सरकारी सेवासुविधा सबै त्यागेर निजी गाडीमा संसद भवन पुगे मन्त्री खड्का



काठमाडौं, २३ जेठ । खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले विदाई भेटघाट गरेर आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु आज सार्वजनिक गरेका छन् ।

मन्त्रालयबाट विदा भएलगत्तै उनले सरकारी सेवासुविधा त्यागेर निजी गाडीमा व्यवस्थापिका–संसद भवनतर्फ गएका छन् । मन्त्री खड्काले आफूले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणामात्रै गरेनन उनले आफ्ना सचिवालय सदस्यहरुले प्रयोग गरेका सामानहरुपनि फिर्ता गर्न निर्देशन दिएका छन् ।

राज्य मन्त्रीमा नियुक्त भएपछि गरिएका सुधारका सकारात्मक कार्यक्रमहरुको उनले फेहरिस्त नै सावजनिक गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा सुधार १६ वटा कामहरु उल्लेख गरिएका छन् । जारी विज्ञप्तीमा भनिएको छ।

१. नियुक्त भएको प्रारम्भदेखि नै बिकास र सुशासनलाई योजनाबद्ध ढंगले समानन्तर अगाडि बढाएको, मन्त्रालयमा सचिवजी लगायत विभागीय प्रमुख तथा मन्त्रालय अन्र्तगतका निकायका प्रमुखहरुसँग निरन्तर सम्वाद र छलफल गरी सहमतीका साथ अगाडि बढ्ने कार्यको थालनी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्