Logo

संसद बैठक सुरू, (LIVE-VIDEO)



दुई तिहाई सांसदको समर्थनमा देउवा चौथो पटक प्रधानमन्त्री हुँदै

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चौथो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

आज हुने प्रधानमन्त्रीको निर्वाचनमा उनी एक्ला उम्मेदवार हुन् भने दुई तिहाई सांसदले उनलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। त्यसैले उनी आज प्रधानमन्त्री निर्वाचित हुने पक्का भइसकेको छ।

यसअघि देउवा २०५२ सालमा पहिलो पटक,२०५८ सालमा दोस्रो पटक र २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए।

देउवाको बिपक्षमा मतदान गर्ने पार्टीहरुमा नेकपा एमालेसँग १ सय ८१ सांसद, नेकपा मालेसँग ५ जना सांसद, नेमकिपासँग ४ र राष्ट्रिय जनमोर्चासँग ३ सांसद छन्। वौद्धिक जनतान्त्रिक परिषदसँग १ जना मात्रै सांसद रहेका छन्।

देउवाको विपक्षमा मतदान गर्ने सांसदहरुको संख्या १ सय ९४ रहेको छ। अहिले संसदमा ५ सय ९३ सांसद छन्। सभामुखलाई निर्णायक मत बाहेक मतदान गर्ने अधिकार हुँदैन। राष्ट्रिय जनता पार्टीका सांसद सञ्जय शाह निलम्बनमा परेका छन् । देउवाको पक्षमा मतदान गर्छु भनेर आश्वास दिने सांसदको संख्या ३ सय ९७ पुगेको छ। यो संख्या संसदको दुई तिहाई बहुमत हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot