Logo

प्रचण्डलाई ओलीको प्रश्न : हारेकालाई भाग्य जाँच्नको लागि पूनः मतदान किन ?



काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सदनमा प्रश्न तेर्साएका छन् ।

मंगलबार व्यस्थापिका–संसदनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रश्न तेर्साए,‘जनताले मत दिएनन्, हराए भनेपछि आफ्नो भाग्य जाँच्नको लागि पूनः मतदान ? के हो ? किन यस्तो गर्न खोजेको हो ?’

उनले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाए। भरतपुर महानगरको वडानम्बर १९ को केही मतपत्र च्यातिएकोभरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको ओलीको टिप्प्णी थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली निकै आक्रमक रुपमा प्रस्तुत हुँदै थपे,‘ ‘चुनावमा हारजित हुन्छ । तर, सत्तापक्ष केही(केही ठाउँमा हार्न तयार भएको छैन, को को हुँदा हराउन नपाइने हो कमसेकम प्रतिपक्षलाई थाहा पाए माइन्ड मेकअप गर्न पाइन्थ्यो । नत्र परीणाम स्वीकार गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot