Logo

टाइगर श्राफको ‘मुन्ना माइकल’को ट्रेलर सार्वजनिक



एजेन्सी, २३ जेठ । टाइगर श्राफको नयाँ फिल्म ‘मुन्ना माइकल’को ट्रेलर सार्वजनिक भएको छ । ‘मुन्ना माइकलु भारतको पहिलो एक्शन ड्रान्स फिल्म हो । टाइगरलाई यो फिल्ममा माइकल ज्याकसनलाई श्रद्धान्जलि दिँदै गरेको देख्न सकिनेछ । ट्रेलरको शुरुआत माइकलबाट हुन्छ ।

ट्रेलरमा टाइगरको जबरजस्त एक्शन देख्न सकिन्छ । पहिलो पटक नवाजुद्दीन सिद्धीकी एक्शन म्यूजिक फिल्ममा देखिँदैछन् । यो फिल्ममा नवाज भिलेन बनेका छन् । ट्रेलरको एक सिनमा टाइगर, नवाजलाई डान्स सिकाउँदै गरेको पनि देख्न सकिन्छ ।

यो फिल्मका निर्देशक सब्बीर खान हुन् । फिल्ममा टाइगरले माइकल ज्याकसनको एक ठूलो फ्यानको भूमिका निर्वाहा गरेका छन्, जसको बाल्यवस्था मुम्बईको सडकमा वितेको हुन्छ । यो फिल्ममा टाइगरसँग डेब्यू गर्दैछिन् निधी अग्रवाल । यो फिल्म २१ जुलाईमा रिलिज हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्