Logo

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो प्रतिक्रिया : संविधान कार्यान्वयन गर्छु



काठमाडौं, २३ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि पत्रकारहरुलाई दिएको प्रतिक्रियामा प्रधानमन्त्री देउवाले भने,‘प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसदमा मैले जे कुरा राखें मेरा प्राथमिकताहरु तिनै हुन्, मेरो प्राथमिकता भनेको संविधान कार्यान्वयन हो।’

त्यस्तै उनले भारत र चीनसँगको सम्बन्धलाई मजबुद बनाउने र विदेशीहरुको सहयोग लिने पनि आफ्नो योजना रहेको सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्