काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।
उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदार संघीय मामिला तथा स्थानीय विकासमन्त्री, श्रेष्ठलाई शिक्षा र महरालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिईएको छ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री, जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।