Logo

नगर कार्यपालिकाका सदस्यहरुको निर्वाचन हुँदै (फोटोफिचर )



काठमाडौं, २६ जेष्ठ । काठमाडौं महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुको निर्वाचन हुँदैछ ।

भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा महिला सदस्य पाँच र दलित अल्पसंख्यक ३ का लागि विहान १० बजेदेखि वेलुकी पाँच बजेसम्म निर्वाचन हुँदै गरेको हो ।

पाँच जना महिला सदस्यहरुका लागि १० जना उम्मेदवारको प्रतिष्पर्धा रहेको छ भने तीन जना दलित अल्पसंख्यक पदका लागि ६ जना उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

जम्मा १६ जना उम्मेदवारका लागि १५९ जना मतदाताहरुले मतदान गर्दैछन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot