Logo

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी (राजपा)लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ उहाँहरुबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार करिब आधा घन्टा भएको भेटवार्तामा सरकार सञ्चालनका लागि समान नीति बनाउने र शनिबार बिहान ११ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्न उहाँहरु सहमत हुनुभएको छ ।

सोही सहमतिअनुसार शनिबार नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपाका नेताबीच बैठक गरी सहमति खोज्ने प्रयास गरिनेछ । सरकारले निरन्तर राजपालाई निर्वाचनमा आउन आग्रह गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot