Logo

निर्वाचन आयोगकै संलग्नतामा चुनावमा धाँधली भयो : माधव नेपाल



काठमाडौं, २९ जेठ  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीले राष्ट्रहितविपरीत गएर हुने कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनका नवनिर्वा्चित पदाधिकारीहरुलाई शुभकामना दिन सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हितविपरीतका कुनैपनि काम एमालेलाई स्वीकार्य नहुने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नवनिर्वा्चित जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशनसमेत दिए ।

त्यस्तै कार्यक्रममा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाए ।उनले निर्वाचन आयोगकै संलग्नतामा कतिपय स्थानीय तहमा धाँधली भएको आरोप लगाउँदै निर्वा्चित जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।

सहभागी स्थानीय जनप्रतिनिधिहरुले भने कानुनको अभावमा काम गर्न असजिलो भएको बताएका थिए । उनीहरुले स्थानीय तहका अधिकारकाबारेमासमेत अन्योल सिर्जना भएको गुनासो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्