Logo

इटहरीमा साझाबाट डा काफ्ले र परियार



काठमार्डौँ, २९ जेठ । साझा पार्टीले इटहरी उपमहानगरपालिका प्रमुखमा डा तारा काफ्ले र उपप्रमुखमा अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उम्मेदवार बनाउने भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौँ र ललितपुर महानगरपालिकामा सम्मानजनक मत ल्याएपछि पार्टीले दोस्रो चरणको निर्वाचनमा इटहरीमा उम्मेदवारी दिन लागिएको जनाएको छ ।

काफ्ले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा विद्यावारिधि तथजा परियार पार्टीको केन्द्रीय संयोजन समितिका सदस्यका साथै परियार सामाजिक न्याय र मानवाधिकारका क्षेत्रमा कार्यरत हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot